यात्राको
सौखिन मान्छे म, आझ प्रकृतिक र साहासिक यात्राक निमित्त त मरिहत्ते नै गर्दछु.
करिब १ वर्षको वोरिपरी मैले भगवान मुक्थिनाथ को दर्शन गर्ने योजना बनाय तर, ति
योजना योजना मै सिमित रहे. यसपाली त आवश्य भगवान मुक्तिनाथ को दर्शन पक्कै गर्छु
भन्ने संकल्प का साथ काठमाडौँ बाट मोफसलमा निस्कियको थिय. ग्रिष्म ऋतु को आगमन
संगै गाउघरमा चाडबाडको रौनक छाएको थियो. लिपपोत गरि चिटिक्क पारिएका घर आगन, सफा
अनि कन्चन पानीका साथ बग्ने खोला नाला, न हिलो न धुलो, लहलह खेतका फाट हरुमा
झुलेका पाक्नै लागेका धनका बालाहरु, न जाडो न गर्मी, गाउघरमा राखियाका लिंगे तथा
चर्खे पिंग त्यो मौसमक बिशेषता थिए. साएद यही भएर नै होला हाम्रा पुर्खाहरुले
हिन्दुहरुको महान पर्वहरु बिजया दशमी र शुभ दिपावली यसै मौसम मा पारेका. घरमा बुढी
भएकी हजुरआमा र मलाई जन्म दिने आमा को हातबाट २०७१ साल बिजया दशमीको टिका अनि
आशिर्बाद थापी, आफ्नो गन्तब्य तताय.
मैले मेरा केहि साथीहरुलाई मुक्तिनाथ यात्रामा जानको
लागि प्रस्ताब राखेको थिए तर, कुन्नी खै किन हो मेरो प्रस्ताब कसैले स्वीकार
गरेनन. आखिर म एक्लै भए पनि हार भने मानिन. म संग थियो त १ ओटा झोला तेही झोलालाइ मोटरसाइकलको पछाडिको
सिटमा बादेर अठोट दृढडाका साथ आफ्नो यात्रा लाई श्री गणेश गरे. मनमा उमङ्ग, जोश,
अनि हौशला थियो. दशैं को दिन भएर होला बाटोमा खासै सवारी साधन भेटिएनन र धुलो पनि कमै खानु पर्यो. यात्राका क्रममा मैले
गल्यांग, हटिया, नेरेठाटि अनि झाक्रीस्थान लाई पछि पर्दै घोडाबादेको सिरानमा पुगेर छोटो
बिस्राम मरेको थिए.
करिब २०
मिनेटको थकानपछी बिहुको ओरालो लाग्दा धन्नै मोटरसाइकल चिप्लीएर दुर्घटनाहुन बाट
जोगिएको थिए. काठे खोलाको पुल पार गर्दा दिनको करिब २:३० बजेको थियो. बिस्तारै,
बिस्तारै बोक्सीको गैरो अनि रातमाटालाई पछाडी पार्दै करिब ५१ कि.मि. को कच्ची सडक
को यात्रा गर्दै आखिर म बाग्लुंग जिल्ला को सदरमुकाम बाग्लुंग आइपुगेको थिए. त्यो
रात तेही मेरा काका को घर मा बित्यो.
सायद थकान को कारणले होला, सुत्ने बेलामा मनोबाद बिना
नै कति खेर निन्द्रदेवी को काख मा पुगेछु पत्तै भएन. अर्को दिन करिब ८ बजे उठ्दा
काकाले खान पकाएर ठिक्क पर्नुभएको रहेछ. हतार हतार खान खाएर काका काकी भाइ अनि
बैनी संग बिदा भएर आफ्नै यात्रा मा तल्निनभए. पेट्रोल पम्प मा पेट्रोल हाल्दै
गर्दा पेट्रोल हालिदिने दाइ लाई उत्सुकताका साथ मुक्तिनाथ सम्म पुग्ने बाटो को
बारेमा सोधे. मेरो उत्सुकतामा तुसारापात गर्दै उहाले जवाफ फर्काउनु भयो करिब ३ दिन
अगाडी रुप्से को झरना तर्न नसकेर आफ्ना भाइहरु बिचै बाटोबाट फर्केको कुरा. एक छिन
को लागि मेरो मुक्तिनाथ जाने अठोट झोकिदै आएको चिसो सिरेकोले उडाएर लगिदियो. मलाई
त्यो खबर ले साह्रै नमजा बनायो. नबनोस पनि त कसरि? मनमा आनेक बादबिबाद खेल्न सुरु
गरे. आफैलाई कता जादैछु भन्ने साएद मैले थाहै पाएको थिएन. एक्कासी मल्ढुंगा झर्ने
घुम्ती मा बिपरित दिशाबाट आएको मालभावक ट्रकको कानै झन्निने हर्न बाट बल्ल मा झसंग
भएको थिए. कालिगण्डकी माथि को पुल तर्दै गर्दा सम्म मेरो दिमाग ले कुनै फैसला गरेको थिएन. खै के भयछ कुन्नि पुल तर्दाबित्तिकै मैले आकास्मिक निर्णय लिए.
काठमाडौँ जाने बाटो छोडी मैले बया मोड लिए, जुन बाटो बेनी, तातोपानी, घासा, लेते,
मार्फा, जोमसोम, कागबेनी हुदै मुक्तिनाथ पुग्ने थियो. आगाडी को सम्पूर्ण कुरा मेरालागि नितान्त नयाँ अनि
नौलो थियो. कालिगण्डकी को तिरैतिर करिब १३ कि.मि. को यात्रा पार गरिसकेपछि म म्याग्दी जिल्लाको सदरमुकाम बेनी पुगे.
![]() |
| Galeshwor Temple |
एउटा
मोटरसाइकल वोर्कसप मा बाइक
समान्ने सर्विसिंग गराइसके पछी अब म साच्चै नै मुक्तिनाथ भगवान दर्शनका निमित्त तैयार
भैसकेको थिए. बाटोमा कतै बाइक बिग्रिएर दुख दिन्छ कि भन्ने मनमा सन्त्रास जिवित नै
थियो. यही सन्त्रास लाइ मत्थर पार्नको लागि मैले उक्त वोर्कसपको visiting कार्ड
मागे, संयोगबस उनीहरुले मोबाइल सर्विस पनि दिदा रहेछन. बेनी बजारलाई पछाडी पार्दै
मैले कच्ची सडकमा बाइक हाकिरहेको थिय. म जति आगाडी बढिरहेको हुन्थे त्यति नै मैले
आफु प्राकृतिक वाताबरण को सप्मियमा पुगिरहेको आभास हुन्थ्यो. बाटोमा हिन्दु
धर्मालम्बीहरुको पबित्र तिर्थस्थल गलेश्वोरलाई पबित्र मन ले नमन गर्दै मा अगाडी
बढे.
सागुरो
बाटो, तिखा घुम्ती, कतै चिप्लो, कतै खाल्डो त कतै ढुंगा ढुंगा यश बाटो का बिशेसता
थिए. क्रमिक रुपमा कालिगण्डकी माथि बनाइएका
बेली ब्रिज पार गर्दा, कहिले कालिगण्डकी दाया हुन्थ्यो त कहिले बाया. आकल झुकल
मोटरसाइकल यात्रीहरु बाटोमा भेटिन्थे भने धेरै जसो सुनसान सडक मै यात्रा गर्नु
पर्दथ्यो. येस्तै क्रममा कोहि मोटरसाइकल यात्रीहरुसंग कुरा गर्ने मनमा इच्छा
जाग्यो. तेही आनुरूप बुलेट बाइकमा यात्रा गर्दै आएका दुइ बिदेशी यात्रीलाई मैले
रोक्नुस भन्ने संकेत दिए. सोहि आनुरूप उनीहरुले मेरो अलि अगाडी बाइक रोके अनि म
उनीहरु संग गफिन पुगे. २ ओटा रोयल एन्फिलडमा आएका उनीहरु बेलायेतका नागिरक रहेछन.
Mr. Stev भन्ने यात्रीले मसंग कुराकानी गरे. कुराकै शिलसिलामा
मैले उनीहरुलाई प्रश्न गरे. How was your journey? जवाफ फर्कायो. Oh, it’s awesome, thrilling and adventurous ride for us. Really, enjoyed landscape, mountains and culture. भन्दै गर्दा उ but, भनेर रोकीयो, फेरी
मैले सोधे but
what? उसले
जवाफ दियो you really need focus ride.
एकै छिन को बार्तालाप पछि उनीहरु बेनी तिर लागे भने मा आफ्नो गन्तव्य तर्फ. बाटोमा छुट्ट फुट्ट मोटरसाइकल यात्रीहरु भेटिन्थे प्राये सबै समूह मिलाएर नै जादा रहेछन. बाटोमा उत्तर बाट दक्षिण अनि दक्षिण बाट उत्तर बगेका खहरेहरु तर्नु, बगरमा बाइक कुदाउनू अवको लागि सामान्य जस्तै लागेको थियो. तर मनमा पेट्रोल भर्दा त्यो दाई ले भनेको खोलाको डर भने कायेम नै थियो. यस्तैमा म एउटा अलि ठुलो झरनाको नजिकै पुगे, मैले त्यहाँ वारी परि अरु मोटरसाइकल यात्रीहरु लाम लगेर बसेको देखे तर, खासै वास्ता नै गरिन. त्येस झरनालाई पनि अरु खहरे समान सम्झी, सरासर खोला तर्न लागे, दुर्भाग्य बस झरना को बीच मा पुगेर मा अड्किए, मोटरसाइकलको लेगगार्ड अनि साइलेन्सर पानीले चुर्लुम्म डुब्यो, हाल्फ कल्च मा मोटरसाइकल आगाडी बढाउने प्रयास गरे तर सबै मेरो मिहेनेत बलुमा पनि खनाए जस्तै भो. म अक्क न वाक्क भए. येतिकैमा परि भएका मोटरसाइकल यात्रीहरु मध्येका एकजनाले आएर मेरो मोटरसाइकल लाई धक्का दिनु भो. उहा र मेरो मेहनत ले जेनतेन म त्यो झरना पार गर्न सक्षयम भय. पारि म के पुगेको थिए सबैले वावा वावा गर्दै चिच्चाई रहेका थिय. मलाई आजैसम्म के भैरहेको छ भन्ने थाहा थिएन. तत् पश्चाताप मलाई थाहा भो कि अप्ठ्यारो अनि तर्नै न सकिने भनेको झरना येही झरना रहेछ (रुप्से) झरना. बल्ल मेरो मुटु जोड ले धड्कन लग्यो भने अर्को तर्फ अप्ठारोपार गरेकोमा ढुक्क भए. म पनि एकछिन रोकिएर उक्त ठाउँ को नजरा हेरे. साच्चै एक ओटा मोटर साइकल तार्न २-३ जना मान्छे को आवश्कता पर्दो रहेछ.
एकै छिन को बार्तालाप पछि उनीहरु बेनी तिर लागे भने मा आफ्नो गन्तव्य तर्फ. बाटोमा छुट्ट फुट्ट मोटरसाइकल यात्रीहरु भेटिन्थे प्राये सबै समूह मिलाएर नै जादा रहेछन. बाटोमा उत्तर बाट दक्षिण अनि दक्षिण बाट उत्तर बगेका खहरेहरु तर्नु, बगरमा बाइक कुदाउनू अवको लागि सामान्य जस्तै लागेको थियो. तर मनमा पेट्रोल भर्दा त्यो दाई ले भनेको खोलाको डर भने कायेम नै थियो. यस्तैमा म एउटा अलि ठुलो झरनाको नजिकै पुगे, मैले त्यहाँ वारी परि अरु मोटरसाइकल यात्रीहरु लाम लगेर बसेको देखे तर, खासै वास्ता नै गरिन. त्येस झरनालाई पनि अरु खहरे समान सम्झी, सरासर खोला तर्न लागे, दुर्भाग्य बस झरना को बीच मा पुगेर मा अड्किए, मोटरसाइकलको लेगगार्ड अनि साइलेन्सर पानीले चुर्लुम्म डुब्यो, हाल्फ कल्च मा मोटरसाइकल आगाडी बढाउने प्रयास गरे तर सबै मेरो मिहेनेत बलुमा पनि खनाए जस्तै भो. म अक्क न वाक्क भए. येतिकैमा परि भएका मोटरसाइकल यात्रीहरु मध्येका एकजनाले आएर मेरो मोटरसाइकल लाई धक्का दिनु भो. उहा र मेरो मेहनत ले जेनतेन म त्यो झरना पार गर्न सक्षयम भय. पारि म के पुगेको थिए सबैले वावा वावा गर्दै चिच्चाई रहेका थिय. मलाई आजैसम्म के भैरहेको छ भन्ने थाहा थिएन. तत् पश्चाताप मलाई थाहा भो कि अप्ठ्यारो अनि तर्नै न सकिने भनेको झरना येही झरना रहेछ (रुप्से) झरना. बल्ल मेरो मुटु जोड ले धड्कन लग्यो भने अर्को तर्फ अप्ठारोपार गरेकोमा ढुक्क भए. म पनि एकछिन रोकिएर उक्त ठाउँ को नजरा हेरे. साच्चै एक ओटा मोटर साइकल तार्न २-३ जना मान्छे को आवश्कता पर्दो रहेछ.
![]() |
| रुप्से झरना |
रुप्से
वरिपरी करिब दीउसको ३:३० बजे तिर म मोटरसाइकल चलाइरहेको थिय. बाटो एकदम अप्ठारो
थियो, कतै कुलो मा हाके झैँ लाग्थ्यो त कतै उबड खाबड खाल्डोमा. अग्ला अग्ला दुइ
पहाड तेश बिचमा बनेको संसारकै गरिहो अन्ध गल्छीमा कालिगण्डकी नदि आवाज नै न निकाली
बिपरित दिशामा बग्दै थियो. चट्टाने भिरलाई माथिबाट काटेर बनाइएको सागुरो सडक अनि
तेही सडक संगै म आफ्नो गन्तव्य तिर हुइकिदै थिए. तेती नै बेला कता कता मलाई एक्लो
पन को महसुस भएको थियो. उबड खाबड उकालो सडक नितान्त कठिन थियो. पछाडी कोहि
नबसेकोले मैले कसैलाई तिमि झर मोटरसाइकलले तानेन भन्नु परेन तर, पछाडी बस्ने
मान्छे संग हुने रमाइला कुराकानी miss गरेजस्तो
लाग्थ्यो. भने अर्को थर्फा पछाडी कोहि न भएकोले Mr. Stev ले भनेझै Focus Ride मा मेरो धयान केन्द्रित भएकोले बाधा
ब्यबधान पुगेको थिएन. एउटा सानो गल्तीले दुर्घटनामा परिने निश्चित थियो तर त्यो
हुन दीइन. कतै लोभ लाग्दो दृश्य देखे भने मोटरसाइक रोकेरै तस्बिर लिन्थे. यस्तै
कठिन यात्रा पर गर्दै आखिर म लेते भन्ने ठाउमा पुग्न सफल भय.
लेतेमा
एउटा पसलमा खाजा को निम्ति करिब ४५. मि को रुकावट पछि, म आफ्नो यात्रा मै तल्निन
भय. बाटोमा सहजता आएको थियो. त्यति सारो भिरमा घुमाउरा घुम्तीहरु थिएनन्. अझ भनौ
भने ३०/४० कि.मि. को गतिमा सजिलै हुइकिन सकिन्थ्यो. कालिगण्डकी मौन रुपमा आफ्नो गतिमा
बग्दै थियो भने म विपरित दिशा मा दौडदै थिय. बिस्तारै हरियाली, वन, जंगल कम हुदै
गैरहेको महसुस हुन्थ्यो. गोधुली साझमा छिनमै सुनौला घाम का किरणहरु गगनचुम्बी
हिमालका टाकुरामा देखा पर्दथे भने छिन मै सिरेटो हावासंगै उडेर आउने बादलले डमक्कै
छेकिदिन्थ्यो. चिसो बढ्दै गएका कारण झोलाबाट ज्याकेट निकालेर
लगाउन बाध्य भय म. त्यो
सुनसान साझमा कालिगण्डकी बनाएको बगर फुङ्ग उढेको जस्ठो देखिन्थ्यो. बिस्तारै ति
वगरका ढुंगाहरु देखिन छोडे, दिउसोको घाम को उज्यालो प्रकाशलाई जुनको प्रकाशले
प्रतिस्थापन गर्यो. स्याउका लागि प्रख्यात ठाउँ मार्फा आइपुगेको महसुस गर्न मलाई
कत्ति पनि समय लागेन. त्यो जुनको प्रकाशमा स्याउबारीका ठुला ठुला प्रखाल
देखिन्थे. अबभने मोटरसाइकलको हेड लाइट नबाली यात्रा गर्न सकिदैनथ्यो. करिब ३ कि.
मि को दुरी पार गरि मुस्तांग जिल्लाको सदरमुकाम जोमसोम पुगे. जोमसोमा बस्ने इच्छा
नभएको हुदा अगाडी जाने निधो गरे. अगाडी जाने निधो त गरे तर कहाँ जाने? कति समय
लाग्छ ?भन्ने मलाई केहि आकल नै थिएन. मलाई एती मात्र तह थियो कि कागबेनी जोमसोम
भन्दा माथि पर्छ. त्यहि आनुरूप प्रहरी को सहयोगमा कागबेनीको बारेमा जान्ने कोसिस
गरे. उहाहरुका आनुसार समय चलाई मा भर पर्ने तर ११.५ कि. मि को दुरीमा रहेको प्रतिक्रिया
दिनुभो. कालिगण्डकी माथिको काठे पुल पार गर्दै म प्रहरीले भने अनुसार दिशातर्फ
अगाडी बढे. रात परेको हुनाले मैले जोमसोम अनि वरिपरिको प्राकृतिक दृशावालोकन भने छुटाएको थिय. कालिगण्डकी माथिको काठे पुल पार गर्दै मा प्रहरीले भनेअनुसार
दिशातर्फ अगाडी बढे.सुनसान ठाउमा अनि नचिनेको ठाउमा एक्लै मोटरसाइकल हाक्नु आफैमा
अचम्म थियो. डर त मन मा पटक्कै थिएन तर कतै बाटो बिराएर अन्त कतै गइन्छ कि भन्ने
पिरलोले मन घोचिरहेको थियो. नभन्दै जोमसोमबाट करिब ३.४ कि. मि. अगाडी नपुग्दै म
अलमल्लमा परे. २ ओटा बाटोहरु छन् कता जाने? यता उति हेरे सूचना पटि पनि छैन. फोन
गरु भने पनि कसलाई गरु. एक मन ले फर्कु कि भन्ने निर्णय लिन घचघचाइ रहेको थियो तर
अर्को मन ले हुदैन भन्दै मेरोमन लाई रोक्न बाध्य पार्यो. करिब ५ मि. लामो दुइ मन
को चर्काचर्की नसकिदै केहि पर मैले दुइ ओटा मोटरसाइकल आफु तर्फ आइरहेको दृश्य देखे
अनि केहि राहत को सास लिए. मेरो नजिकै ति मोटरसाइकल न आइपुग्दै मैले उत्सुकतामा
मेरा दुवै हात हरु हल्लाएर रोक्नुस मलाई केहि सोध्नु छ भन्ने प्रयास गरे. नजिकै
आइपुगेपछि उनीहरुले ले आफ्नो साधन रोके. तिनीहरुले के रोकेका थिय मैले कागबेनी जाने
बाटो को बारेमा सोधे. उनीहरुले मलाई बाटो पनि बताई दिए साथै बास बस्ने ठाउँ को
बारेमा पनि जनिकारी दिय. दोबाटो भनेर रोकिएको म २ ओटै बाटाहरु अलि पर गएर पुन मिसेने रहेछन. एक छिन त आफैले आफैलाई उडाउदै भने एती पनि थाहा न पाउने? तर बास्तबिकता यो हो कि नया अनि नौलो ठाउमा ढुक्क नभएसम्म अगाडी बढ्नु हुदैन. मैले पनि तेही गरेको हो जुन सान्दर्भिक थियो. एक त रात त्यो माथि कलिगण्डकीको कठिन बगरमा बाइक
कुदाउदा मलाई सारै कठिन भएको थियो. एक ठाउमा त फड्के बाट जानु पर्नेमा खोलाको बाटो
जान खोज्दा धन्नै फसेको. तेस्तै बगरमा गोला ढुंगा माथि कठिन यात्रा गर्दै अन्ततः
त्यो बगर पनि पार गरे. करिब १:३० मि. को कुदाइ पछि बल्ल म कागबेनी अनि मुक्तिनाथ
लेखेको साइन बोर्डमा पुगे. कग्बेनितार्फ झर्नै लाग्दा ति दुइ यात्रीले भनेको होटल
ड्रागन को एरो देखे. साथै त्यो रात म तेही होटल ड्रागन वास बसे अनि बाग्लुंग
देखिको यात्रा को थकान मेटे.
![]() |
| गोधुलि साझामा हिमाल |
![]() |
| कालिगण्डकी द्वारा निर्मित वगर |
| कागबेनी भन्दा केहि माथिदेखि देखिने मनोरम दृश्य |
कागबेनी कस्तो होला भन्ने मन मा कौतुहलता थियो? थकानका बाबजुत एका बिहानै
निद्राले छोड्यो. बिहानी को चिसो सिरेटोमा प्राकृतिक दृशावालोकन का निमित्त म
बाहिर निस्के. उजाड मरुभुमी जस्तो ठाउमा गगनचुम्बी मोति जस्ता हिमालहरु धौलागिरी
अनि निलगिरी साच्चै अनुपम थिए. हरियाली भनेको त एकाद दुकाद. कालिगण्डकी र
मुक्तिनाथका धरहरुबाट नदि भै बहेर आउने खोलाको दोभान भएको कारण ले यो ठाउँ स्नान
अनि पितृ श्राद्धका लागि प्राख्यात रहेछ. थोरै मात्र खेतीयोग्य जमिन मा फुलेको
फापर को दृश्य साच्चैनै लोभलाग्दो थियो. म पनि कागबेनी मा स्नान गरेर मुक्तिनाथ
तिर नै हुइकिय. अब मैले जम्मा ११.५ कि.मि को यात्रा गर्नु थियो गन्तव्य मा पुग्न
को लागि. कागबेनी धेखी अलिमस्तिरा तिन घुम्ती माथि के चढेको थिए, तेहाको मनोरम र लोभलाग्दो
दृशावालोकन ले मेरो मन छोयो र मेरो मनमा छुटै प्रकको नया उर्जा को संचार भयो. अर्ध
मरुभामी मा एकाबिहानै छर्लंग खुलेको त्यो बिहानीमा टलक्क टल्किने हिम्श्रीन्खला र
आवाज नै न निकाली वहने कालिगण्डकी नदि को संयुक्त नजरा अद्भुत थियो. मन ले मानेन
घुम्ती मा रोकेर केहि तस्बिरहरु लिय. प्राय जसो हिमाल हेर्न को लागि उत्तर दिशा
चिहाउने बनि परेकोमलाई अब हिमाल हेर्न क लागि मलाई दक्षीण फर्कनु पर्दथ्यो. हिमाल
पारिका जिल्ला मनांग र मुस्तांग बल्ल आफैले आफैलाई साँच्चै हिमाल परि नै भएको भन
भयो.
![]() |
| कागबेनी |
| मुक्तिनाथ मन्दिर |
मुक्तिनाथ हिमाल को काख मा अवस्थित एस मन्दिर साच्ची
नै आफैमा एक अनुपम उपहार जस्तो लाग्यो मलाई. हिन्दु र बौद्ध धर्मावलम्बी दुबैका
भगवान रहेछन मुक्तिनाथ, हिन्दुहरु मुक्तिनाथ लाई मुक्ति क्षेत्र भन्दछन भने
बुद्धिस्ट हरु Chumming Gyatsa (
Scared place of the Dakinis goddesses known as sky dancers) प्यागोडा शैलीमा निर्मित येश मन्दिर आकार मा केहि सानो छ. मन्दिर भित्र
भगवान नारायण को सुनको मुर्ति हुनु का साथै भूदेवी (लक्ष्मी), सरस्वति, जानकी (सिता), लभ कुश, गरुड अनि सप्त ऋषि का काँसको
मुर्तिहरु रहेका छन्. मन्दिरको मुख्य पुजारीको रुपमा बुद्धिस्ट समुदाय बाट आनी ले प्रतिनिधित्तो
गर्दिरहेछिन. दुवै धर्मावलम्बीका आस्थाका केन्द्र मुक्तिनाथ
ले धार्मिक सहिस्णुता काएम गरेको अनिभुती मैले गरे. केहि समयको अवलोकन पश्चात मैले
१०८ धारा को स्नान गर्ने मनस्थिति गरए तेही अनुरुप १०८ धारा को अति चिसो पानीमा
कुद्दै स्नान गरे अनि दुवै कुण्ड क्रमश (पाप, धर्म) मा डुबुल्की मारी पुजाको
निमित्त मन्दिर प्रवेश गरे. भित्र मन्दिर को दया परिक्रमा गरि पुजा सामग्री आनी मर्फाद चडाइ भगवान
मुक्तिनाथ को दर्शन गरे. तत् पश्चात मन्दिर परिसर मा रहेका पुजारीको हातको टिका
अनि आशिर्बाद ग्रहण गरि बाहिर निस्के. बाहिर निस्कदा अलि बेशी भिड हुदै गएको थियो
साएद बिहानी बित्दै गएर जस्तो मलाई लाग्यो. करिब एकाद घण्टा जस्तो तेस मन्दिर
परिशरमा बिताएर म पुनश्च आफ्नो वापशिको बाटो तताए. खान खाइओरि करिब दिउसो को १२:१५
मा म बिस्तारै मुक्तिनाथ क्षेत्र लाई पछाडी पर्दै जोमसोम तर्फ अगाडी बढे. त्यो दिन
म आफ्नो यात्रा म्याग्दी को तातोपानी आइ बिश्राम गरे. संगोबस तातोपानीमा स्नान गर्न
पनि पाइयो. आर्को दिन तातोपानी बाट सोझै काठमाडौं आइ आफ्नो यात्रामा पूर्ण बिराम
लगाए.
.








No comments:
Post a Comment